भारतीय क्रिकेट टोलीले हारेर पनि ८ लाख डलर पाउने - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

भारतीय क्रिकेट टोलीले हारेर पनि ८ लाख डलर पाउने



काठमाडौं । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको पछिल्लो समीकरण गज्जबको बनेको छ । लामो समयपछि नयाँ विश्वविजेता पाउने भएपछी क्रिकेटप्रेमीहरू पनि उत्साहित बनेका छन् ।

उपाधि भिडन्त आज (आइतबार) हुँदैछ । फाइनलमा आयोजक इंग्ल्याण्ड र न्युजिल्याण्डबीच निकै रोमान्चक प्रतिस्पर्धा हुनेछ ।

लण्डनमा दुवै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछन् । र, उपाधि विजेता टोलीले ४० लाख अमेरिकी डलर पुरस्कार पाउने छन् । जुन पुरस्कार अहिलेसम्म कै सर्वाधिक हो । यस्तै उपविजेताले २० लाख डलर हात पार्दा सेमिफाइनलमा पराजित हुने दुई टोलीले ८/८ लाख डलर पाउनेछन् ।

भारत र अस्ट्रेलिया सेमिफाइनलबाट बाहिरिएकोले उनीहरूले ८/८ लाख डलर पाउनेछन् ।