भारतमा संक्रमितको दयनीय अवस्था: बेड नपाएपछि सुई घोचेर मारिदिन आग्रह - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

भारतमा संक्रमितको दयनीय अवस्था: बेड नपाएपछि सुई घोचेर मारिदिन आग्रह



एजेन्सी- भारतमा कोरोना संक्रमण नियन्त्रण बाहिर गएपछि अवस्था दयनीय बनेको छ । स्वास्थ्य प्रणाली नै ध्वस्त हुनेगरी महाराष्ट्रलगायतका स्थानमा कोरोना अनियन्त्रित बनेको छ । गम्भीर बिरामीको संख्या ह्वात्तै बढेपछि अवस्था भयावह देखिएको छ ।

संक्रमितको उपचार हुन सकिरहेको छैन भने अस्पतालमा खुट्टा टेक्ने ठाउँ दमेत छैन । कुनै पनि अस्पतालमा बेड उपलब्ध छैन । अस्पतालको बेड खोज्दै संक्रमित बिरामीहरू तेलंगाना पुगिरहेका छन् ।

एकजना सागर नारशेट्टीवार नामका व्यक्तिले आफ्नो बिरामी बाबुलाई एम्बुलेन्समा राखेर दुई दिनसम्म दौडाउंदा समेत अस्पतालमा राख्ने ठाउँ नपाएको भारतीय संचारमध्यमले बताएका छन् । उनले आफ्ना पितालाई सुई दिनसम्म एम्बुलेन्समा घुमाउँदा पनि कुनै अस्पतालमा स्थान पाएनन । घुमाउँदा घुमाउँदै हैरान भएका ति व्यक्तिले आफ्ना पितालाई सुई घोचेर मारिदिन आग्रह गरेका थिए ।

नारशेट्टीवारका ७१ वर्षीय पिता कोरोनापीडित हुन् र उनले अस्पतालमा बेड पाएका छैनन् । सागर अनेकौं सरकारी तथा निजी अस्पताल पुगेका थिए तर तेलंगाना पुग्दासम्म पनि उनले बेड पाएनन् ।

फर्किएर उनले चन्द्रपुरको कोभिड अस्पतालमा एम्बुलेन्स राखेर प्रशासनसँग मद्दतको हारगुहार गरेका छन् । घर फर्केर जाने पनि स्थिति छैन ।

सागरका अनुसार, सबैतिर हालत एकदमै खराब छ । रोगीहरूको संख्या बेस्सरी बढेपछि स्वास्थ्य सुविधाहरू नराम्ररी प्रभावित भएका छन् । अस्पतालदेखि मसानघाटसम्म सबैतिर एकदमै खराब स्थिति छ ।