ओली धेरै बोलेकाले मोदीले प्रदीप ज्ञवालीलाई भेट नदिएको भारतको दाबी - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

ओली धेरै बोलेकाले मोदीले प्रदीप ज्ञवालीलाई भेट नदिएको भारतको दाबी



काठमाडौं- भारतले लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा सच्च्याउन दवाव जारी राखेको छ । भारतले सीमा विवादबारे नेपालसँग कुनै वार्ता हुन नसक्ने बताएको छ ।

नेपालले जारी गरेको नयाँ नक्सा नसच्याएसम्म भारतले नेपालसँग कुनै वार्ता नगर्ने भएको छ ।दिल्लीमा सम्पन्न संयुक्त आयोगको बैठकमा सहभागि नेपाली परराष्ट्रन्त्री प्रदीप ज्ञवालीलाई दिल्लीले यस्तो सन्देश दिएको भारतिय पत्रिकाहरूले लेखेका छन ।

भारतीय सरकारी स्रोतलाई उध्दृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ, ‘नेपालले नक्सा नसच्चाएसम्म सीमा विवादबारे कुनै छलफल हुन सक्दैन । त्यसपछि मात्र द्धिपक्षीय सम्बन्ध बलियो ढंगले अघि बढ्न सक्छ ।’

‘भारत नेपालको विकास, कनेक्टिभिटी, व्यापार र अन्य मुद्दामा मिलेर अघि बढ्न सक्छ तर, सीमा विवादको मुद्दा अरु बेलाको जस्तो इस्यु होइन’ समाचारमा उल्लेख छ ।

नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नभेटेकोबारे स्रोतलाई उध्दृत गर्दै टाइम्स अफ इन्डिया खरो रूपमा उत्रिएको छ ।

टाइम्स अफ इन्डियाका अनुसार कोरोना भ्याक्सिन वितरणको शुभारम्भ कार्यक्रममा व्यस्त भएकाले मोदीले ज्ञवालीलाई नभेटेका हुन् भन्ने कुरा एउटा बहाना मात्र हो । खासमा नेपालको गहिरिँदो राजनीतिक संकटको कारण भारतले कुनै एकको पक्ष नलिएको हो ।’

‘तर, नेपाली परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमण ट्रयाकभन्दा बाहिर गएको द्धिपक्षीय सम्बन्धलाई ट्रयाकमा ल्याउनु मात्र हो’ अखबारले लेखेको छ । ज्ञवालीले प्रधानमन्त्री मोदीसँग भेट नगरिकनै स्वदेश फर्किएका थिए । उनले रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरे ।

भारतले ज्ञवालीलाई इग्नोर गर्नुको कारण ओलीले पहिलै नै धेरै बोलेकोले भएको अखबारको दाबी छ । ‘ओलीले भ्रमण अगावै बैठकको विषय सीमा विवाद हुन्छ भनेर धेरै बोलेकाले मोदीले भेट नदिएको हो’ समचारमा उल्लेख छ –‘किनभने, भारत सीमा विवादमा छलफल गर्ने मुडमा थिएन ।’ भारतले नेपालको राजनीतिमा चिनियाँ प्रभाव र सक्रियताबारे पनि ज्ञवालीलाई असन्तुष्टि व्यक्त गरेको जनाइएको छ ।