भारतमा ३० करोड कोरोनाबाट संक्रमित हुनसक्ने विज्ञको चेतावनी - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

भारतमा ३० करोड कोरोनाबाट संक्रमित हुनसक्ने विज्ञको चेतावनी



काठमाडौं- भारतमा शुक्रबार बिहानसम्म एक सय २ सय १ जनामा मात्रै कोरोना भाइरसको संक्रमण देखिएको छ भने पांच जनाको मृत्यु भएको छ। तर, विज्ञहरूले भारतमा कोरोना भाइरसको संक्रमण तेस्रो चरणमा पुगेको र आगामी तीन सातामा ‘सुनामी’का रुपमा देखिने चेतावनी दिएका छन्।

अमेरिकाको वासिंगटन डिसिस्थित सेन्टर फर डिजिज डाइनामिस्क, इकोनोमिक्स एन्ड पोलिसिका निर्देशक डा.रमानान लक्ष्मीनारायणले अबको तीन सातामा भारतमा कोरोना भाइरसको संक्रमण ‘सुनामी’को रुपमा देखिने जनाएका छन्।

उनले बीबीसीसँगको अन्तर्वार्तामा भारतमा कोरोना भाइरसको संक्रमण तेस्रो चरणमा प्रवेश गरिसकेको जनाएका छन्। यो भनेको स्थानीय स्तरमा संक्रमण फैलिन थालिसकेको संकेत गरेका छन्।

भारतले कम्तिमा दुई साता अघि प्रयाप्त तयारी नगर्दा तेस्रो चरणमा प्रवेश गरेको जनाएका छन्। जसले आभास सरकारलाई पनि भएको जनाएका छन्। उनले द वायरसँगको अन्तर्वातामा पनि त्यसलाई दोहोर्‍याएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार राति ८ बजे देशवासीका नाममा सम्बोधन गर्दै सतर्कताका लागि आह्वान गरेका थिए। उनले ६५ वर्षभन्दा माथिका नागरिकलाई घरबाहिर नजान र सर्वसाधारणलाई भिडभाडमा नजान, साबुनपानीले हात धुन, अत्यावश्यकबाहेक घुमफिर नगर्न आग्रह गरेका छन्।

उनले नागरिकलाई सचेत गराउन आइतबार ‘जनता कर्फ्यू’को समेत आह्वान गरेका छन्। जसमा साँझ ६ बजे सबैले घरको ढोका, बार्दली, ग्यालरीमा उभिएर अत्यावश्यक काममा खटिएका कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पत्रकारको मनोबल बढाउन ताली बजाउनेछन्।

डा.लक्ष्मीनारायणका अनुसार, अहिले भारतमा १० हजारभन्दा बढी संक्रमित रहेका छन्। जुन स्वास्थ्य परीक्षण नहुँदा जानकारीमा आएका छैनन्। प्रयाप्त मात्रामा परीक्षण नभएको उनको भनाइ छ।

अहिले भारतमा दैनिक ९० जनाका दरले कोरोना भाइरसको परीक्षण भइरहेको छ। अहिलेसम्म ११ हजार पाँच सय जनाको परीक्षण गरिएको छ। जसमा एक सय ९५ जना संक्रमित भेटिएका हुन्। डा.लक्ष्मीनारायणले अहिलेसम्म दैनिक १० हजार जनाको दरले टेस्ट गर्नुपर्ने आवश्यकता औल्याएका छन्।

उनका अनुसार, भारतमा अबको तीन सातामा कोरोना भाइरसको संक्रमण ब्यापक रुपमा देखिनेछ। किनकि, परीक्षण नगरिका झन्ड १० हजार संक्रमित विभिन्न शहरमा अन्य स्वस्थ्य मानिससँग सम्पर्कमा आइसकेका छन्।

डा.लक्ष्मीनारायणले अमेरिका र बेलायतको उदाहरण दिँदै भारतमा कोरोना भाइरस संक्रमणको ‘सुनाम’ आउनसक्ने र त्यसबाट ३० करोड भारतीय संक्रमित हुनसक्ने बताएका छन्। ‘अमेरिका र बेलायतलगायतका देशमा २० देखि ६० प्रतिशतसम्म नागरिक संक्रमित भएका छन्। भारतमा न्यूनतम २० प्रतिशतलाई आधार मान्यौ भनेपनि ३० करोड मानिस संक्रमित हुनसक्छन्,’ डा.लक्ष्मीनारायणले भनेका छन्।

उनका अनुसार, त्यसमध्ये कम्तिमा पाँच वा १० जनामध्ये एक जना पनि अस्पताल भर्ना हुँदा धेरै मान्छेलाई उपचार आवश्यक पर्ने जनाएका छन्। ‘४० लाखदेखि ८० लाख मानिस अस्पताल भर्ना हुनसक्छन,’ डा.लक्ष्मीनारायणले भनेका छन्।

उनका अनुसार, यसअनुपातमा भारतमा उपचार गर्ने क्षमता छैन। भारतका अस्पताल अमेरिका र बेलायतका जस्तो उपकरण भएको र सुविधायुक्त नभएको उनले बताएका छन्। ‘अहिले भारतमा देशभर ७२ हजार आईसीयू छन्। यहि चिन्ताको विषय छ, यसले धान्न सक्दैन,’ डा.लक्ष्मीनारायणले भनेका छन्, ‘अब धेरै समय छैन। तीन हप्ता छ, त्यसमा जतिसक्दो अस्थायी अस्पताल बनाएर पूर्वतयारी गर्नसकिन्छ।’

अब गनुपर्ने तयारीबारे पनि उनले सुझाएका छन्। ‘अब तीन हप्ता बाँकी छ, यसमा धेरै के गर्नसक्छौं?’ डा.लक्ष्मीनारायणले भनेका छन्, ‘तीन हप्ता छ। कल्पना गर्नुस्, सुनामी आउँदै छ, तपाई झ्यालमा हुनुहुन्छ। यदि तपाई झ्यालमा उभिएर हेरिरहनुहुन्छ भने सुनामी आउँछ, र खतम हुनुहुन्छ। यदि जतिसक्दो चाँडो भाग्नु हुन्छ भने बाच्न सम्भावना त्यतिधेरै हुन्छ। अब नागरिकले त्रसित हुनु त पर्दैन, तर त्यसबाट जोगिन तयारी गर्नैपर्छ।’