भारतमा कोरोना सङ्क्रमणबाट मर्नेको सङ्ख्या बढ्यो
काठमाडौं- भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
महाराष्ट्रको राजधानी मुम्बईको कस्तरुवबा अस्पतालमा मंगलबार एक ६४ वर्षीय पुरुषको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
भारतमा यसअघि कोरोना संक्रमणबाट दुईजनाको मृत्यु भएको थियो ।
भारतमा कोरोनाको संक्रमणबाट पहिलो पटक कर्नाटकको कलबुर्गीमा एक ७६ वर्षीय पुरुष र त्यसपछि दिल्लीमा एक ६८ वर्षीय महिलाको मृत्यु भएको थियो ।
भारतमा बितेको २४ घण्टामा थप १२ जनामा कोरोनाको संक्रमण पाइएको । अहिलेसम्म भारतमा १ सय २८ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ।