कोरोना संक्रमणको अवस्था भारतमा झनै डरलाग्दो - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

कोरोना संक्रमणको अवस्था भारतमा झनै डरलाग्दो



एजेन्सी- पछिल्लो समय विश्वभर सङ्कटको स्थिति बनाएको कोरोना भाइरसको संक्रमण भारतमा डरलाग्दो हिसाबले बढेको छ ।

अन्य देशमा देखिएको धेरै समयपछि मात्र भारतमा देखिएको कोरोना सङ्क्रमण ह्वात्तै बढेको छ । मंगलबार सम्म भारतमा संक्रमण हुनेको संख्या ५६ पुगेको छ।

मंगलबार दक्षिणपश्चिमी क्षेत्रमा ९ जना कोरोनाबाट संक्रमित भेटिएसँगै भारतमा कोरोना संक्रमितको संख्या बढेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तीमध्ये ३ जना संक्रमित कर्नटकको भएको बताइएको छ। कोरोनको त्राससँगै भारतले मंगलबार मनिपुर राज्यसँग जोडिएको म्यानमारको सीमा नाका बन्द गरिदिएको छ।

म्यानमारमा हालसम्म कोरोनाबाट संक्रमित कोही पुष्टि भएका छैनन् यद्यपी कोरोनाको बढ्दो प्रकोप नियन्त्रण गर्न त्यसो गरिएको मनिपुर प्रशासनले बताएको छ।

हाल विश्वभर १ लाख १३ हजार ३७८ मानिसहरुमा कोरोनको संक्रमण पुष्टि भएको छ।

हालसम्म ४ हजार ९ को मृत्यु भइसक्दा ६३ हजार ९१३ उपचारपछि स्वस्थ बनेका छन्।

कोरोनाबाट प्रभावित मुख्य देशहरु

१. चीनः ८० हजार ७५४ संक्रमित, ३ हजार १३६ को मत्यु

२. इटलीः ९ हजार १७२ संक्रमित, ४६३ को मत्यु

३. दक्षिण कोरियाः ७ हजार ५१३ संक्रमित, ५४ को मृत्यु

४. इरानः ७ हजार १६१ संक्रमित, २३७ को मृत्यु

५. फ्रान्सः १ हजार १९१ संक्रमित, २१ को मृत्यु

६. जर्मनीः १ हजार १३९ संक्रमित, २ को मृत्यु एजेन्सी