भारतमा दैनिक कति हुन्छ कोरोना परिक्षण ? - Himal Post Himal Post
  • ११ मंसिर २०८१, मंगलवार
  •      Tue Nov 26 2024
Logo

भारतमा दैनिक कति हुन्छ कोरोना परिक्षण ?



एजेन्सी- भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ। त्यसैगरी संक्रमितको संख्या ३ लाख ४३ हजारभन्दा बढी पुगेको छ।

भारतमा कोरोनाबाट संक्रमित र मृत्यु हुने क्रम बढ्दो क्रममा छ। त्यहाँ हरेक दिन करिब ३ लाखको कोरोना परीक्षण हुन्छ।

मंगलबार त्यहाँ १० हजारभन्दा बढी संक्रमित थपिएका छन्। लगातार १० हजारभन्दा बढी संक्रमित थपिएको यो पाँचौं पटक हो।

भारतमा परीक्षणको दायरा बढाउन लक्षण देखिएका र सम्भावित सबैको परीक्षण गर्ने गरिएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका ९०७ वटा प्रयोगशालामा कोरोना परीक्षण हुन्छ।

अहिलेसम्म भारतमा करिब ६० लाख नमुनाको परीक्षण भइसकेको छ।