भारतमा कोरोनाको प्रकृति फरक: ज्यान गुमाउनेहरू अधिकांश युवा
एजेन्सी-अध्ययन अनुसार भारतमा कोरोनाको स्वरूप अन्यत्र भन्दा फरक रहेको देखिएको छ । भारतमा ज्यान गुमानेहरू अधिकांश ६० वर्षभन्दा कमका छन र यो निकै नै चिन्ताजनक बिषय हो ।
कोरोनाभाइरस संक्रमणका कारण भारत पनि अब नराम्रोसँग प्रभावित हुने अध्ययनले बताएका छन् । भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण १ हजार २ सय भन्दा बढीको निधन भइसकेको छ । ३५ हजारभन्दा धेरै त्यहाँ संक्रमित भइसकेका छन् ।
अरु देशको तुलना गर्ने हो भने भारतमा मृत्यु हुने ५० प्रतिशतभन्दा धेरै ६० वर्षभन्दा कमका छन् । यसले गर्दा भारतमा कोरोनाको बदलिएको ट्रेन्ड देखिएको बताइएको छ ।
किनकि भारतमा कम उमेरका मानिस बढी कोरोनाभाइरसका शिकार भएका छन् । अन्य देशमा ज्यान गुमाउनेहरू ६० वर्षभन्दा माथिका र दीर्घरोगी थिए ।
अर्कोतिर, अहिले भारतमा ७५ वर्षभन्दा माथिका कोरोनाभाइरस संक्रमित ९.२ प्रतिशत छन् । भारतमा जब कोरोनामहामारी सुरु भएको थियो, त्यति बेला चाहिँ यो संख्या ४२.२ प्रतिशत थियो ।
यसबारे भारतीय अधिकारीहरुले अध्ययन सुरु गरेका छन् । अहिलेसम्म यसलाई कोरोनाको बदलिएको स्वरुप भनिएको छ तर ठोस निष्कर्ष निकाल्न सकिएको छैन ।