भारतको अवस्था चिन्ताजनक - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

भारतको अवस्था चिन्ताजनक



काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा ह्वात्तै बढेको छ ।

पछिल्लो २४ घण्टामा (सोमबार) १ हजार २ सय ४८ जना नयाँ संक्रमित थपिएका छन् भने २७ जनाको मृत्यु भएको छ ।

भारतमा अहिलेसम्म कोरोनाबाट १० हजार ४ सय ५३ जना संक्रमित भएको पुष्टि भएको छ भने ३ सय ५८ जनाको मृत्यु भएको छ ।

आइतबार भारतमा ७ सय ५९ जना कोरोना संक्रमित भेटिएका थिए भने ४३ जनाको मृत्यु भएको थियो । यस्तै शनिबार ८ सय ४६ जना नयाँ कोरोना संक्रमित भेटिदा ३९ जनाको मृत्यु भयो ।

भारतमा पछिल्लो एक सातमामा कोरोनाको संक्रमण दोब्बरभन्दा बढिले बढेको छ । एक साताअघि अर्थात ६ अप्रिलमा भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४ हजार ७ सय ६८ थियो ।

एक सातापछि १३ अप्रिलमा यो संख्या ५ हजार ४ सय ८० ले बढेर १० हजार ४ सय ५३ पुगेको छ ।

मृत्युदर झनै बढि देखिएको छ । पछिल्लो एक सातामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या करिब तेब्बरले बढेको छ ।

एक साताअघि अर्थात ६ अप्रिलमा भारतमा कोरोनाबाट १३६ जनाको मृत्यु भएको थियो । एक सातापछि यो संख्या २२२ ले बढेर ३५८ पुगेको छ ।