भारत र चीनले गरे ५ बुँदे सहमति - Himal Post Himal Post
  • ८ बैशाख २०८२, सोमबार
  •      Mon Apr 21 2025
Logo

भारत र चीनले गरे ५ बुँदे सहमति



एजेन्सी- भारत र चीनबीच सीमा सुरक्षाका विषयमा ५ बुँदे सहमति भएको छ । भारतस्थित चिनियाँ दूतावासका प्रवक्ता जी रोंगले सो कुराको जानकारी दिएका हुन् ।

उनले दुई देशबीच भएको सहमति चाँडै कार्यान्वयनमा आउने समेत बताए । चिनियाँ दूतवासले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छः ‘भिडियो कन्फ्रेन्सका रुपमा भएको बैठकमा दुवै देशका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।’

उक्त बैठकमा फ्रन्ट लाइनमा रहेको सैनिक र सीमामा जारी तनाव कसरी क मगर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

दुबै पक्ष संवाद जारी राख्ने विषयमा सहमत भएका छन् । समाचार एजेन्सी पिटाईका अनुसार भारतीय विदेश मन्त्रालयले यो विषयमा भनेको छ कि दुवै देशका प्रतिनिधिहरुले पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखाको वरिपरि देखिएको परिस्थिथिको समीक्षा गरेका छन् ।

भारतीय विदेश मन्त्रालयका अनुसार दुवै देशबीचको सातौ र आठौ सैन्य वार्ताले सीमा स्थिरता सुनिश्चित गर्न सहयोग पुर्याएको छ । गतिरोध अन्त्य गर्न भारत र चीजले यसअघि पनि पटक पटक वार्ता गरिसकेका छन् ।