भारत र चीनले ओलीलाई बोकेको बाबुरामको आरोप
काठमाडौं । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले दुई छिमेकी मुलक भारत र चिनलाई प्रश्न गरेका छन् ।
जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष समेत रहेका भट्टराईले प्रतिनिधिसभा विघटनअघि भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुख र विघटनपछि चिनियाँ टोली नेपाल भ्रमणमा आएकाले शंका उत्पन्न भएको टिप्पणी गरे ।
दक्षिण र उत्तरका मुलुकले ३० वर्ष महेन्द्रहरुलाई बोकेको भन्दै उनले केपी ओली जस्तो निरंकुश प्रवृति भएको मान्छेलाई बोकेर यो देशमा अशान्ति ल्याउन खोज्नु भएको हो भन्दै प्रश्न गरे ।
आफूहरु सबै छिमेकीसँग असल सम्बन्ध राख्ने पक्षमा रहेको भन्दै उनले भने, नेपालमा आगो लाग्दा छिमेकको घरमा पनि सल्किन सक्ने बताए ।
प्रधानमन्त्री ओलीले स्वतन्त्र न्यायालयमा हस्तक्षेप गरेको र सार्वजनिक रुपमा धम्कीपूर्ण भाषा प्रयोग गरेको भन्दै उनले अदालतबाट संसद पुनर्स्थापना हुन्छ भनेर आश गर्न सकिने, तर भर गर्न नहुने उनले बताए ।