भारत र चीनबीच वार्ताका लागि मध्यस्थता गर्न तयार छु: प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • ४ चैत्र २०८१, मंगलवार
  •      Tue Mar 18 2025
Logo

भारत र चीनबीच वार्ताका लागि मध्यस्थता गर्न तयार छु: प्रधानमन्त्री ओली



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीनको वार्ताका लागि मध्यस्थता गर्ने बताएका छन् । भारतीय सन्चारमाध्यम जी न्युजमा सुधिर चौधरीसँगको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् ।

उनले भारत र चीनबीच नेपालले सौहार्द सम्बन्ध भएको हेर्न चाहेको बताएका छन् ।

अन्तर्वार्तामा उनले भारतले आफूलाई पहिले नै सम्झिएको थियो भने आफूलाई बोस नसम्झिने बताएका छन् । अन्तर्वार्ताकारलाई उनले यस्तो नहुने पनि बताए ।

उनले दुई देशका प्रधानमन्त्री भएपछि कोही पनि सानो र ठूलो नहुने बताएका छन् । उनले देशका प्रधानमन्त्रीको अवस्था र सम्बन्ध एउटै हुने पनि बताएका छन् ।