भारतमा बस दुर्घटना, १५ जनाको मृत्यु - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

भारतमा बस दुर्घटना, १५ जनाको मृत्यु



नयाँ दिल्ली– यात्रुबाहक बस दुर्घटना हुँदा भारतको आन्ध्र प्रदेशमा १५ जनाको मृत्यु भएको छ ।

आन्ध्र प्रदेशको करनूल जिल्लामा उक्त दुर्घटना भएको हो । प्रहरीका अनुसार यात्रुबाहक बस अर्को गाडीसँग ठोक्किन पुगेको थियो ।

१३ जनाको घटनास्थलमै र थप २ जनाको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

घटनामा मृत्यु हुनेमध्ये धेरै जना भारतीय राज्य तेलङ्गानाको गडवाल जिल्लाका रहेका जनाइएको छ । उनीहरु एक वैवाहिक कार्यक्रममा सरिक भएर घर फर्किदै थिए ।

फाइल तस्बिर