भारतमा मृतकको बेहाल: फोहोर फ्याँके जसरी खाल्डोमा फालियो - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

भारतमा मृतकको बेहाल: फोहोर फ्याँके जसरी खाल्डोमा फालियो



एजेन्सी- भारतमा कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमणबाट मृत्यु भएका मानिसहरुको शवलाई लापारवाही तरिकाले खाल्डोमा फ्याँकिएको भिडियो सार्वजनिक भएपछि चौतर्फी आलोचना सुरु भएको छ।

बीबीसीका अनुसार कर्नाटक राज्यमा कोरोनाबाट मृत्यु भएका मानिसहरुलाई फोहोर फ्याँके जसरी फ्याँकिएको भन्दै मानिसहरु कर्नाटक सरकारसँग रुष्ट बनेका छन्।

भिडियोमा देखिएअनुसार प्लास्टिकमा पोका पारिएका मानिसहरुलाई खाल्डोमा लापारवाही तवरले फ्याँकिएको छ।

कोरोना प्रकोपपछि हाल विश्वभर संक्रमितको शवलाई सुरक्षित तवरबाट खाल्डोमा पुरिन्छ। तर कर्नाटकमा मानिसलाई फोहोर फ्याँकिएको जसरी खाल्डोमा फालेको देखिएको छ।

हाल भारतमा मानिसहरुले मरेको मान्छेलाई पनि सम्मान गर्नुपर्ने आवाज उठाइरहेका छन्। मृत मानिसलाई फोहोर सरह फ्याँक्न नहुने र यो कार्य निकै क्रुर भएको बताइएको छ।

स्थानीय प्रशासनले उक्त भिडियो सार्वजनिक भएपछि माफी मागेको छ।

भिडियो