भारतीय स्टील कम्पनीमा विष्फोट, ९ को मृत्यु, दर्जनौ घाइते - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

भारतीय स्टील कम्पनीमा विष्फोट, ९ को मृत्यु, दर्जनौ घाइते



नयाँ दिल्ली । भारतको मध्य क्षेत्रमा रहेको छत्तिसगढ राज्यस्थित एक स्टील कारखानामा विस्फोट हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

प्रान्तीय राजधानी राइपुरबाट करिब ३० किलोमिटर टाढा भारतीय स्टील प्राधिकरण अन्तर्गतको भिलाई स्टील उद्योगको ग्यास पाइपलाइन विष्फोट हुँदा भएको दुखद घटनामा नौ जनाको मृत्यु भएको छ भने बाँकी १४ जना घाइते भएका छन्, भारतीय प्रहरी महानिरिक्षक जि.पी. सिंहले सञ्चारमाध्यमलाई बताए ।

विष्फोट भएको केही समयभित्रै प्रहरी घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

स्थानीय प्रहरीले अकस्मात भएको विष्फोटबारे छानविन समिति बनाइएको छ । अनुसन्धान पहिले विष्फोटबारे धेरै कुरा गर्नु र कुनै निर्णयमा पुगिहाल्नु छिटो हुने भएकोले यसबारे बिस्तृत कुरा छानविन पछि आउने सिंहले बताए ।

उक्त उद्योगमा चार बर्ष पहिले पनि विस्फोट भएको थियो । उक्त घटनामा चार श्रमिकको मृत्यु भएको थियो ।