भारतमा भूकम्पको ठुलो झट्का - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

भारतमा भूकम्पको ठुलो झट्का



एजेन्सी- भारतमा भूकम्पको ढक्क महसुस भएको छ । भारतको हिमाञ्चल प्रदेशमा भूकम्प गएको त्यहाँका समाचार संस्थाहरूले जनाएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार हिमाञ्चल प्रदेशमा ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको झड्का महसुस हुने वित्तिक्कै सर्वसाधारणहरु घरबाहिर निस्किएका थिए ।

भारतको नेश्नल सेन्टर अफ सिस्मोलोजीका अनुसार शनिबार बेलुका ८ बजेर २२ मिनेट जाँदा भूकम्प गएको हो ।

भूकम्पको केन्द्रबिन्दु काँगडाको करेरी लेकमा परेको थियो । भूकम्पको क्षति विवरण भने आइसकेको छैन ।

भूकम्पको केन्द्र कनेरी भन्ने स्थानबाट १० किलोमिटर गहिराईमा परेको बताइएको छ ।