भारतमा प्रहरी र माओवादीबीच भीडन्त - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

भारतमा प्रहरी र माओवादीबीच भीडन्त



झारखण्ड – भारतको झारखण्ड राज्यको बेल्भाघाट जंगल क्षेत्रमा केन्द्रीय प्रहरी बल (सीआरपीएफ) र माओवादीबीच सोमबार बिहानै भएको दोहोरो गोली हानाहानमा तीन जना नक्सल र एक जना प्रहरीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सोमबार बिहान ६ बजे बेल्भाघाटको वन क्षेत्रमा दोहोरो भिडन्त भएको थियो । ‘दुर्भाग्यबस, भिडन्तमा एक प्रहरी जवानको पनि मृत्यु भयो,’ सीआरपीएफले जनाएको छ ।

भिडन्तमा मारिएका माओवादीबाट प्रहरीले एउटा एके–४७ राइफल, तीन थान म्यागजिन र चारवटा पाइप बम फेला पारेको छ ।

उक्त घटनाको थप विवरण आउनेक्रम जारी रहेको छ । रासस