भारतमा भेटियो कोरोनाको 'ट्रिपल म्युटेन्ट भेरियन्ट' - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

भारतमा भेटियो कोरोनाको ‘ट्रिपल म्युटेन्ट भेरियन्ट’



काठमाडौं- भारतमा फेरि कोरोनाको नयाँ स्वरूप भेटिएको छ । भारतमा भेटिएको कोरोना भाइरसको नयाँ स्वरूपले झनै त्रसित बनाएको छ । महाराष्ट्रमा कोरोनाको ट्रिपल म्युटेन्ट भेरियन्ट फेला परेको हो।

नयाँ ट्रिपल म्युटेन्ट कोरोना भाइरस झनै खतरनाक भएको त्यहाँका संचारमाध्यमहरूले बताएका छन् । भारतको महाराष्ट्रमा कोरोनाले सबैभन्दा बढी तहसनहस बनाएको छ।

महाराष्ट्रमा भएको जिनोम सिक्वेन्सिङबाट ६० प्रतिशत भाइरस नयाँ भएको पत्ता लागेको हो। नयाँ भाइरसको नाम बि.१.६१८ राखिएको छ। यसअघि डबल म्युटेन्ट भाइरस देखिएको थियो। उक्त भाइरसको नामचाहिँ बि.१.६१७ राखिएको थियो।

नयाँ ट्रिपल म्युटेन्ट कोरोना भाइरसमा नयाँ जेनेटिक सेट भएको बताइएको छ। यसमा इ४८४के भेरियन्टको अंश पनि फेला परेको छ। ट्रिपल म्युटेन्ट भाइरस बि.१.६१८ ले शरीरको प्रतिरोधक क्षमतामा असर गर्छ।

वैज्ञानिकका अनुसार यो नयाँ भाइरस पश्चिम बंगालमा तीव्र रुपमा फैलिइरहेको छ। यो भाइरसयसअघि अमेरिका, स्वीट्जरल्याण्ड, सिंगापुर र फिनल्याण्डमा पनि देखिएको थियो।