भारतले दिनेभयो बेलायतलाई सहयोग - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

भारतले दिनेभयो बेलायतलाई सहयोग



काठमाडौं– कोरोना भाइरसको महामारीसँग जुधिरहेको बेलायतलाई भारतले ३० लाख पारासिटामोल उपलब्ध गराउने भएको छ ।

बेलायतको विदेश मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार भारतीय उच्च अधिकारीसँगको कुराकानीका क्रममा भारतले बेलायतलाई ३० लाख पारासिटामोल उपलब्ध गराउने सहमति जनाएको छ ।

भारतले उपलब्ध गराउने उक्त औषधि आगामी दुई हप्तामा बेलायत पुगिसक्ने छ ।

पछिल्लो विवरणअनुसार बेलायतमा बुधबारसम्म कोरोना भाइरसबाट १२ हजार ८६८ जनाको मृत्यु भएको छ भने ९८ हजार ४७६ जना संक्रमित भएका छन् ।