भारतमा बेहाल: उत्तर प्रदेशमा फेरि लकडाउन घोषणा - Himal Post Himal Post
  • २८ फाल्गुन २०८१, बुधबार
  •      Wed Mar 12 2025
Logo

भारतमा बेहाल: उत्तर प्रदेशमा फेरि लकडाउन घोषणा



एजेन्सी- भारतमा पछिल्ला दिनमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । शुक्रवार कोरोना भाइरसको संक्रमणले रेकर्ड तोड्दै २६ हजार ५ सय ६ जनामा पुष्टि भएको छ ।

यही कारण उत्तर प्रदेशमा फेरि लकडाउन घोषणा गरिएको छ । यससँगै धेरै कारखानामा काम रोकिएको छ । भारतमा बढ्दै गरेको संक्रमणका कारण हालसम्म ८ लाख भन्दा बढी मानिसहरु संक्रमित भइसकेका छन् । जनवरीदेखि भारतमा कोरोनाबाट २१ हजार मानिसको मृत्यु भएको छ । संक्रमणको सन्दर्भमा भारत केवल संयुक्त राज्य अमेरिका र ब्राजिल भन्दा पछाडि छ ।

भारतमा ६० प्रतिशत संक्रमितहरू दिल्ली, महाराष्ट्र र तमिलनाडुमा रहेका छन्। कोरोनाका कारण ठूलो संख्यामा व्यक्तिहरूले भारतमा रोजगार गुमाएका छन्। देशको आर्थिक अवस्था पनि खराब हुँदै गएको छ ।

अर्थव्यवस्था र जनताको जीविका चलाउन सकियोस् भनेर बिस्तारै लकडाउनलाई सहज बनाइएको छ । जसको कारण भारतमा बढ्दो घटनाहरूको साथसाथै अवस्था झनै जटिल भएको छ।

महाराष्ट्रको औद्योगिक शहर, औरंगाबादमा नौ दिनका लागि कर्फ्यू लगाइएको छ। बढ्दो संक्रमणको घटनाका कारण भारतमा पुनः लकडाउन लागू गर्ने चर्चा अहिले चर्को बहसको विषय बनेको छ ।