रोहितको शतक र ऋशवको कमाल : बंगलादेशलाई कडा लक्ष्य - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

रोहितको शतक र ऋशवको कमाल : बंगलादेशलाई कडा लक्ष्य



काठमाडौं । जारी विश्वकप क्रिकेटमा भारतले बंगलादेश सामु जितका लागि ३१५ रनको लक्ष्य प्रस्तुत गरेको छ । विर्मिङघममा टस जितेर पहिले व्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा ३१४ रन बनायो ।

भारतका लागि रोहित शर्माले १०४ रन बनाउँदा केएल राहुलले ७७ रन बनाए । यस्तै रिशभ पन्तले अत्यन्त राम्रो खेल्दै ४८ र महेन्द्रसिंह धोनीले ३५ रन बनाए । बंगलादेशका लागि मुस्तफिजुुर रहमान पाँच विकेट लिए ।

आजको खेलमा जित निकाल्न सके भारतले सेमीफाइनलमा स्थान सुरक्षित गर्नेछ । बंगलादेशलाई भने आजको खेल जित्नैपर्ने दबाब छ । अंक तालिकाको दोस्रो स्थानमा रहेको भारतले खेलेका सात खेलमध्ये पाँच खेलमा जित, एक खेलमा हार र एक खेलमा भने वर्षाको कारण अंक बाँड्दै ११ अंक बनाएको छ ।

बंगलादेशले सात खेलमा तीनमा जित र तीनमा हार तथा एक खेलमा वर्षाको कारण अंक बाँड्दै सात अंक जोडेको छ ।