भारत आन्दोलन: देश तनावग्रस्त, अस्तव्यस्त बन्दै शहरहरू - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

भारत आन्दोलन: देश तनावग्रस्त, अस्तव्यस्त बन्दै शहरहरू



नयाँ दिल्ली- भारतमा ल्याइएको नागरिकता संशोधन ऐनको विरुद्धमा आन्दोलन झन् झन् चर्किँदै गइरहेको छ । यसैक्रममा बिहीबार वामपन्थी दलहरुले भारत बन्दको घोषणा गरेकोमा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु हुनुका साथै सयौं मानिसहरु पक्राउ परेका छन् ।

वामपन्थी घटकहरुलाई अन्य विभिन्न पक्षले समर्थन गरेका थिए ।

विरोध प्रदर्शनका क्रममा सरकारले राजधानी दिल्लीसहित उत्तर प्रदेश र कर्नाटकमा संविधानको धारा १४४ लगाइदिएको छ ।

यो धारा अन्तर्गत चारजना भन्दा बढी मानिसलाई भेला हुन निषेध छ ।

देशका थुप्रै भागमा इन्टरनेट सेवा बन्द गरिएको छ भने राजधानी दिल्लीका कैंयौं मेट्रो स्टेशन हिजो बन्द गरिएको थिए ।

नयाँ नागरिकता कानुनमा पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट आउने गैरमुश्लिम प्रवासीलाई भारतको नागरिकता दिने प्रावधान राखिएको छ ।

यसका आलोचकहरुले यो कानुनले भारतको धर्म निरपेक्षताको छबिमा असर गर्ने जनाउँदै आएका छन् ।

यद्यपि प्रधानमन्त्री नरेन्द्र मोदी र गृह मन्त्री अमित शाहले यो आरोप गलत भएको बताउँदै आएका छन् ।

तर, विपक्षी र स्वतन्त्र नागरिकले पनि यो कुरा पत्याएका छैनन् । पीटीआईका अनुसार प्रहरीको फायरिङ्गमा कर्नाटका र मंगलगुरुमा दुईजनाको मृत्यु भएको छ ।

मंगलगुरुमा अहिले कर्फयु लगाइएको जनाइएको छ । अर्का एक व्यक्तिको मृत्यु लखनउमा भएको छ ।