भारतले संक्रमितलाई अनेक औषधि प्रयोग गर्न थाल्यो - Himal Post Himal Post
  • २५ मंसिर २०८२, बुधबार
  •      Wed Dec 10 2025
Logo

भारतले संक्रमितलाई अनेक औषधि प्रयोग गर्न थाल्यो



एजेन्सी- कोरोना संक्रमणको खास चरणमा पुगेका बिरामीहरुलाई रेमेडेसिविर, टोसिलीज़ुनाब र प्लाज्मा थेरेपी प्रयोग गर्न भारतको स्वास्थ्य मन्त्रालयले स्वीकृति दिएको छ।

साथै, स्वाद र गन्ध थाहा नपाउने समस्यालाई पनि कोरोनाको लक्षणमा समावेश गरेको छ। रेमेडेसिविर इबोलाविरुद्धको औषधी हो। यो औषधी अमेरिकाको क्यालिफोर्नियास्थित गिलियड साइन्स कम्पनीले बनाएको थियो।

यसअघि अमेरिकामा पनि कोरोना संक्रमितहरुलाई यो औषधी खुवाइएको थियो। विश्वभर नै कोरोना संक्रमितहरुको उपचारमा यो औषधी प्रयोग भएपनि नतिजा फरक–फरक आएको छ।

संक्रमित संख्या बढ्दै गएपछि भारतको ड्रग कन्ट्रोलर जनरल अफ इन्डियाले जुन १ तारिखका दिन कोरोनाका बिरामीलाई यो औषधी खुवाउन अनूमति दिएको थियो।

एक्टेमेरा नामबाटयो औषधी भारतमा रोचे फर्माले बनाउने गरेको छ। अर्को औषधी टोसिलीजुनाब मुम्बईका दुई संक्रमितमा प्रयोग गरिएको छ।

तर नतिजा अहिलेसम्म भारतले सार्वजनिक गरेको छैन। संक्रमितको उपचारका लागि प्लाज्मा थेरापी पनि प्रयोगमा ल्याउने भारतले जनाएको छ।

यद्यपि, यसअघि दिल्लीमा भेटिएका केही संक्रमितलाई यो विधिबाट उपचार गरिएपनि नतिजा उत्साहजनक नदेखिएको बीबीसीमा उल्लेख छ।