भारतले एकाएक अमेरिकी सामानमा कर बढायो - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

भारतले एकाएक अमेरिकी सामानमा कर बढायो



एजेन्सी -भारतले अमेरिकाबाट आयात हुने २९ वटा सामग्रीमा कर बढाएको छ।

भारत सरकारका अनुसार यस कर आइतबारबाट लागू हुनेछ।

केही समय अगाडिमात्र अमेरिकाले भारतका स्टिल तथा आल्मोनियमजन्य पदार्थको आयातमा कर बढाएको थियो।

त्यसकै जवाफ स्वरुप भारतले अमेरिकी सामाग्रीमा कर बढाएको हो।

अमेरिकी सामग्रीमा कर बढाएसँगै भारतलाई २१.७ करोड अमेरिकी डलर अतिरिक्त राजस्व लाभ हुने बताइएको छ।

हालै अमेरिकाले उसको विशेष व्यापार सम्झौताबाट भारतलाई हटाएको थियो। त्यस सम्झौता अनुसार अमेरिकाले भारतका सामग्रीमा कर नलगाउने नीति लिएको थियो।

भारतले भने अमेरिकी सामाग्रीलाई उसको बजारमा उपयुक्त स्थान नदिएकोभन्दै अमेरिका भारतसँग रुष्ट बनेको थियो।