अपडेट: भारतीय विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

अपडेट: भारतीय विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो



एजेन्सी- एयर इन्डिया एक्सप्रेसको एक विमान केरलाको कोझिकोड विमानस्थलमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ । भारतीय संचार माध्यामका अनुसार दर्घटनामा १२३ जना घाइते भएका छन्।

घाइते मध्ये १५ जनाको अवस्था गम्भिर छ। विमान दुवईबाट आएको थियो। विमानमा चालक दलका सदस्य सहित १९१ जना सवार रहेको बीबीसीले जनाएको छ।

चालक दलका सात सदस्य रहेको विमानमा १० जना बालबालिका थिए। भारतको नागरिक उड्डयन मन्त्रालयका अनुसार दुर्घटना साँझ सात बजेर ४१ मिनेटको समयमा भएको थियो।

विमान अवतरणको क्रममा रनवेमा आगो निस्किए पनि विमानमा आगो नलागेको बताइएको छ। दुर्घटनामा घाइते भएकाहरुलाई अस्पताल लगिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै दु:ख व्यक्त गरेका छन्।

कांग्रेस नेता राहुल गान्धीले पनि ट्वीट गर्दै दुर्घटना दु:खद भएको बताएका छन्। नागरिक उड्डयन निर्देशनालय (डीजीसीए) ले घटनाको समय भिजिविलिटी कम भएको र ठूलो वर्षा भएको बताएको छ। डीजीसीएका अनुसार विमान दुई टुक्रा भएको छ।