आजको खेलमा भारतले जित्ने यस्तो छ सम्भावना - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

आजको खेलमा भारतले जित्ने यस्तो छ सम्भावना



एजेन्सी । आईसीसी विश्वकप क्रिकेटमा भारतले आफ्नो पहिलो खेल खेल्दैछ । भारतीय टिम साउथह्याम्टनमा दक्षिण अफ्रीकाविरुद्व खेल्दै प्रतियोगिताको सुरुवात गर्न लागेको हो ।

भारतले विश्वकप अघि वर्मअप म्याचमा खासै गतिलो छाप छाड्न सकेको थिएन । न्युजिल्याण्डसंग हारेको भारतले बंगलादेशलाई हराएको थियो । तर मुख्य प्रतियोगिताको सुरुवात गर्न लागेको भारतीय टिमलाई गल्ती गर्ने कुनैपनि छुट उपलब्ध छैन ।

विश्वकपको दाबेदार टिम भारतले अवस्था अनुसारको टिम छनोट गर्ने लक्ष्य लिएको छ ।

विश्वकप सुरु हुनुअघि भारतीय टिमको चार नम्बरमा कसले ब्याटिङ्ग गर्ने भन्ने चर्चा थियो । त्यसमा दुई नाम बाहिर बाहिर आएका थिए, दिनेश कार्तिक र केएल राहुल ।

राहुलले आईपीएलमा उत्कृष्ट प्रर्दशन गर्दै ईङ्ल्याण्ड पुग्ने बित्तिकै बंगलादेशविरुद्वको खेलमा शतक प्रहार गरेका थिए । सोही कारण चार नम्बरमा केएल राहुललाई मौका दिने सम्भावना धेरै छ ।

केदार जाधव समेत फिट छन् । तर उनी वा रविन्द्र जडेजा मध्य एक मात्र मैदान देखिेछन् ।

यता, दक्षिण अफ्रीकाका तीन खेलाडी चोटग्रस्त छन् । डेल स्टेन, एल एनगिडी र हासिम अमला ।

काँधमा लागेको चोटले स्टेनलाई दुख दिदै आएको थियो । उनी विश्वकपबाट बाहिरिसकेका छन् । एनगिडीलाई ईङ्ल्याण्डविरुद्वको खेलमा चोट लागेको थियो । उनी दुई हप्ता मैदान बाहिर रहनेछन् ।

अमलाले समेत ईङ्ल्याण्डविरुद्वको खेलमा चोट बोकेका थिए । उनको टाउकोमा चोट लागेको छ । तर उनी खेल्न सक्नेछन् ।

पहिलो खेल गुमाएको दक्षिण अफ्रीकी टिम समेत प्रतियोगितामा पहिलो जित दर्ता गर्न चाहन्छ ।