भारतको पहिलो खेल दक्षिण अफ्रीकासँग आज खेल्दै - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

भारतको पहिलो खेल दक्षिण अफ्रीकासँग आज खेल्दै



एजेन्सी- इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले आफ्नो पहिलो खेल खेल्दै छ । सहभागी १० टोली मध्य धेरै टिमहरुले  दोश्रो खेल खेलिसक्दा भारतले भने पहिलो खेल खेल्न लागेको छ ।

भारतले आफ्नो पहिलो खेल दक्षिण अफ्रीकासँग नेपाली समय अनुसार दिउँसो ३:१५ बजे सुरु हुने छ । भारतको यो पहिलो खेल हुँदा दक्षिण अफ्रीकाको भने यो तेस्रो खेल हो ।

सुरुवाती दुई खेल गुमाएको दक्षिण अफ्रीका भारतलाई पराजित गर्दै प्रतियोगितामा पुनरागन मगर्न चाहन्छ । तर, भारतलाई पराजित गर्न दक्षिण अफ्रीकालाई त्यती सजिलो भने छैन् । दक्षिण अफ्रीकाले आफ्ना बलर डेल स्टेन र लुङ्गी एङ्गीडीलाई चोटका कारण गुमएको छ ।

यता यस खेलका लागि भारतका कप्तान विराट कोहली र रोहित शर्मालाई हेरिएको छ भने बलिङ फर्त कुलदिप यादव र मोहम्मद सामी रहेका छन् । त्यस्तै दक्षिण अफ्रीकाका लागि क्वुन्टन डि कक र फाफ् डु प्लेसी रहेका छन् । बलिङतर्फ इमरान ताहीर कागिसो राबडालाई यस खेलका लागि मुख्य खेलाडीको रुपमा हेरिएको छ ।

अजै हुने अर्को खेलमा बंगलादेश र न्युजल्यान्ड भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुका ६:१५ बजे सुरु हुने छ । दुबै टोलीले एक एक खेल जितेका छन् । बंगलादेशले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रीकालाई २१ रनले पराजित गरेको थियो भने न्युजल्यान्डले श्रीलंकालाई १० विकेटले पराजति गरेका थियो ।

पछिल्ल पाँच खेलमा बंगलादेशमाथी न्युजल्यान्ड भने हाबी देखीएको छ । पाँच खेलमा तीन खेल न्युजल्यान्डले जित्दा दुई खेल बंगलादेशले जितेको छ। यस वर्ष भएको तीन खेलको सिरिजमा भने बंगलादेश न्युजल्यान्डसँग ३-० ले नै पराजित भएको थियो ।