भारतमा एक अस्पतालमा आगलागी: पाँच कोरोना संक्रमितको मृत्यु
एजेन्सी- भारतको गुजरात राज्यको एक कोभिड अस्पतालमा आगलागी भएको छ । राजकोटस्थित उदय सिभानन्द कोभिड अस्पतालमा आगलागी हुँदा पाँच जना संक्रमितको ज्यान गएको छ ।
सो अस्पतालको आइसीयूमा लागेको भारतीय संचारमाध्यमले जनाएका छन् । ज्यान गुमाएका पाँचै जना वृद्ध रहेको बताइएको छ ।
राति १२:४० मा आगो लागेको उक्त अस्पतालमा ५४ बेड रहेको उदय सिभानन्द अस्पतालमा डाक्टरसहित चार जना कर्मचारी रहेपनि उनीहरुले आगो निभाउन नसकेको बताइएको छ ।
अस्तालमा रहेका ३३ बिरामीमध्ये बाँकि २८ जनालाई सुरक्षित ठाउँमा सारिएको खबरमा उल्लेख छ । आइसीयूमा रहेका ११ मध्ये तीन जना बिरामीको तत्काल मृत्यु भएको हो ।
अरुलाई अर्को अस्पतालमा सारिएको छ । आगलागीमा परि ज्यान गुमाएकालाई प्रतिव्यक्ति चार लाख रुपैयाँ दिने गुजरात सरकारले घोषणा गरेको छ ।