इन्धनको चरम अभाव हुनसक्ने: आइतबार सार्वजनिक बिदा दिन र जोरबिजोर लागू गर्न सिफारिस - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

इन्धनको चरम अभाव हुनसक्ने: आइतबार सार्वजनिक बिदा दिन र जोरबिजोर लागू गर्न सिफारिस



नेपाल आयल निगमले आइतबार पनि सार्वजनिक बिदा हुनुपर्ने माग गरेको छ। निगमले इन्धनको खपत घटाउनका लागि सरकारलाई पत्र लेख्दै आइतबार पनि सार्वजनिक विदा दिनुपर्ने माग गरेको हो।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० बुँदे प्रस्ताव पठाउँदै निगमले थप एक दिन सार्वजनिक बिदा दिएपछि सार्वजनिक तथा सरकारी सवारी साधनको प्रयोग घट्ने र इन्धनको खपत कम हुने जनाएको छ।

त्यस्तै निगमले अत्यावश्यक बाहेक निजी र सरकारी सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गर्न पनि प्रस्ताव गरेको छ। जोर बिजोर प्रणाली हुँदा तेलको खपत कम हुन गई निगमको घाटा र देशको ब्यापार घाटामा समेत सकारात्मक प्रभाव पर्ने निगमले पत्रमा उल्लेख गरेको छ।

इन्धनमा लाग्दै आएको भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्वाधार शुल्क लगायतमा सरकारले प्रतिलिटर १५ रुपैयाँ घटाउनुपर्ने निगमले माग गरेको छ।