पाकिस्तानी सेनाले हमला गरेपछि फर्कियो भारतीय विमान
काठमाडौं । पकिस्तानमाथि हमला गर्न गर्न गएको भारतीय युद्धपोत विमान पाकिस्तानले प्रतिकार गर्न खोजेपछि त्यसै फर्किएको छ । भारतले पाकिस्तान शासित कश्मिरको ४ माईल भित्रसम्म युद्धपोत विमान लिएर पुगेको भारतमाथि पाकिस्तानले प्रतिकार गर्ने प्रयास गरेको थियो । सोही क्रममा तोकिएको ठाउँमा नपुगि फर्किएको भारतीय युद्ध पोत विमानले हजार किलोको बम खसालेको छ ।
भारतले मंगलबार विहान ३ बजेतिर १२ मिराज २०००भारतीय लडाकू जेट विमानमा बम सहित पाकिस्तान शासित काश्मिरभिज्ञ छिरेको थियो । सो विमानले फर्किने क्रममा ‘बालाकोट, चकोटी, मुजफ्फराबादमा रहेको आतंकवादी क्याम्पमा हमला गरेको बताएको छ । तर, पाकिस्तानी मिडियाहरुले भने बम खसालिएको ठाउँ जैस ए मोहम्मदको क्याम्प रहेको बारे खुलाएको छैन ।
उता, भारतीय मिडियाहरुले भने बम खसालिएको ठाउँ जैस ए मोहम्मदको क्याम्प नै रहेको दाबी गरेको छ । सो क्याम्पमा रहेका २०० लडाकू मरेको पनि भारतीय मिडियाको दाबी छ । पाकिस्तानी सेनाका प्रवक्ता जनरल आसिफ गफुरले ट्वीट गर्दै फर्किने बेलामा भारतीय जहाजले हतारमा विस्फोटक पदार्थ खसालेको स्वीकारेका छन् । तर सो आक्रमणमा २–३ सय मानिस मरेको भन्नेबारे भने उनले केही पनि उल्लेख गरेका छैनन् ।
उता, पाकिस्तानी सरकारी टेलिभिजन च्यानल पाकिस्तान टिभीले पनि मान्छे मरेको विषयमा केही उल्लेख गरेको छैन । पाकिस्तानले मंगलबार बिहान नै भारतीय जहाज ‘लाइन अफ कन्ट्रोल’ उल्लंघन गरी मुजाफारवादको पाकिस्तानी आकाशमा आएको र पाकिस्तानी वायु सेवाले प्रतिकार गरेपछि फर्किएको बताएको छ।