भारत र न्युजिल्यान्डको खेल रद्ध : अब के हुन्छ ? - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

भारत र न्युजिल्यान्डको खेल रद्ध : अब के हुन्छ ?



एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार हुने भनिएको भारत र न्युजिल्यान्डबीचको खेल रद्ध भएको छ ।

वर्षाको कारण खेल सुरु हुने निर्धारित चार घण्टा भन्दा बढि समय सम्म सुचारु हुन नसकेपछि दुबै टोली १-१ अंक बाड्न बाध्य भएका छन् । यो सँगै न्युजिल्यान्ड ४ खेलमा ३ मा जित सहित ७ अंक बटुल्दै शीर्ष स्थानमा कायम रहेको छ । भारत ३ खेलमा २ मा जितका साथ ५ अंक जोड्दै तेस्रो स्थानमा छ ।

भारतले आफ्नो चौथो खेल असार १ मा पाकिस्तानसँग खेल्ने छ । त्यस्तै न्युजिल्यान्डले आफ्नो पाँचौ खेल असार ४ मा दक्षिण अफ्रिकासँग खेल्ने छ । जारी विश्वकपमा वर्षाको कारण खेल रद्द भएको यो चौथो पटक हो ।