भारत र न्युजिल्याण्डबीचको खेल रद्द होला त ? - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

भारत र न्युजिल्याण्डबीचको खेल रद्द होला त ?



काठमाडौं -विश्वकप क्रिकेट २०१९ मा न्युजिल्याण्डले आफूले खेलेका तीन वटै खेलमा जित निकालेको छ । भारतले पनि आफूले खेलेका दुवै खेल जितेको छ ।

यस्तोमा भारत र न्युजिल्याण्डबीच बिहीबार खेल हुँदैछ । तर यो खेल रद्द हुनसक्ने अनुमान लगाइएको छ । इङल्याण्डमा यतिबेला खेलका लागि मौसम प्रतिकूल बनेको छ, अहिलेसम्म तीन खेल वर्षाका कारण प्रभावित भइसकेका छन् ।

श्रीलंका–पाकिस्तान, श्रीलंका–बंगलादेश र वेस्ट इन्डिज–दक्षिण अफ्रिकाबीचको खेल वर्षाका कारण प्रभावित भएपछि अंक बाँडिएको थियो । त्यसैगरी नै भारत र न्युजिल्याण्डका बीच बिहीबारका नटिङघममा हुने खेल पनि त्यस दिनको मौसम पूर्वानुमानअनुसार रद्द हुनसक्ने आँकलन गरिएको छ ।

नटिङघममा बिहीबार वर्षा हुने मौसम पूर्वानुमान अधिकारीहरुले जनाएका छन् । वर्षा रोकिए कम ओभरको खेल हुनसक्छ । दक्षिण अफ्रिकी कप्तान फाप डु प्लेसिसको धारणा छ कि, कम ओभरको खेल हुनुभन्दा रद्द भएकै राम्रो ।