धोनी र राहुलको शतक, भारतद्वारा बंगलादेश पराजित - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

धोनी र राहुलको शतक, भारतद्वारा बंगलादेश पराजित



एजेन्सी -विश्वकपको उपाधि दावेदार मानिएको भारतले बंगलादेशलाई ९५ रनले पराजित गरेको छ । एकदिवसिय विश्वकपको तयारीका लागि मंगलबार राति खेलिएको अभ्यास खेलमा भारत सजिलै विजय भएको हो ।

तीन सय ६० रनको विशाल लक्ष्य पछ्पाएको बंगलादेशले ४९.३ ओभरमा सबै विकेट गुमाएर दुई सय ६४ रन बनाएको थियो । बंगलादेशका लागि मुश्फिकुर रहिमले सर्वाधिक ९० रन बनाए । यस्तै लिटन दासले ७३, मेहेदी हसन मिराजले २७, सौम्य सरकारले २५, मोहम्मद सैफुद्धीनले १८ रन बनाएका थिए । बलिङमा भारतका कुलदिव यादव र युजवेन्द्र चाहलले तीन तीन विकेट लिए । जसप्रित बुमराहले दुई तथा रविन्द्र जडेजाले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा तीन सय ५९ रन बनाएको थियो । भारतका लागि महेन्द्रसिंह धोनीले एक सय १३ रन र केएल राहुलले एक सय ८ रनको शतकीय प्रदर्शन गरे । कप्तान विराट कोहलीले ४७, हार्दिक पाण्ड्याले २१, रोहित शर्माले १९ र रविन्द्र जडेजाले ११ रन बनाए । बंगलादेशका रुवेल हसन र सकिव अल हसनले दुई दुई विकेट लिए । मुस्ताफिजुर रहमान, मोहम्मद सैफुद्धीन र सब्बीर रहमानले एक एक विकेट झारेका थिए ।