भारत र अस्ट्रेलियाको खेलबारे रिकी पोन्टिङको यस्तो खुलासा - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

भारत र अस्ट्रेलियाको खेलबारे रिकी पोन्टिङको यस्तो खुलासा



एजेन्सी । अष्ट्रेलिया क्रिकेट टिमका सहायक प्रशिक्षक रिकी पोन्टिङले भारतविरुद्व हुने खेलमा शीर्ष क्रमका ब्याट्सम्यानले सट बलहरु खेल्न ठोस योजना बनाउन आवश्यक रहेको बताएका छन् ।

उपाधि दाबेदार भारत र अष्ट्रेलिया विश्वकप क्रिकेटमा आईतबार आमने सामने हुदैछन् ।

पोन्टिङले भनेका छन्, ‘खतरनाक बलरसंग भिड्न र बच्ने तरिका खोज्न आवश्यक छ । किनकी नजिक रहेको बलरले सधै एकैनासको बलिङ नगर्न सक्छ ।’

खेलअघि अष्ट्रेलियाका सहायक कप्तान पोन्टिङले भारतीय टिमले कुलदीप यादव र युजबेन्द चहलको स्थानमा मोहम्मद सामीलाई मौका दिन सक्ने बताए ।

पोन्टिङले भनेका छन्, ‘बुमराह नयाँ बलमा राम्रो बलिङ गर्छन भन्नेमा हामी जानकार छौ । मलाई लाग्छ, उनीहरु त्यसैलाई उपयोग गरेर कहिले छोटो र कहिले फुल लेन्थमा बल फ्याक्नेछन् ।’

उनले भने, ‘तिव्र र बाउन्सरका लागि हामीलाई भुवनेश्वरको चिन्ता हुने छैन । हार्दिकले केही असजिलो बनाउन सक्नेछन् । उनको बिषयमा टिमले निर्णय लिन आवश्यक छ । के उनीहरु एक स्पिनरलाई लिएर जानेछन् वा केदार जाधवलाई दोस्रो विकल्पको रुपमा छनोट गरेर एक तिव्र गतिका बलर खेलाउनेछन् ।’

विश्वकप विजेता टिमका कप्तान समेत रहेको उनले उसमान ख्वाजा र ग्लेन म्याक्सवेलले भारतीय तिव्र गतिका बलरको सामना गर्नुअघि आफ्ना गल्तीको सुधार गर्न आवश्यक छ ।

पोन्टिङले भनेका छन्, ‘उसमानलाई बलले लाग्ने गरेको छ । पछिल्लो केही हप्ता उनलाई धेरै पटक बलले लागिसकेको छ । मलाई लाग्दैन उनी डराएका छन् । तर शीर्ष क्रममा ब्याटिङ गर्दा १ सय ४० किलोमिटर प्रतिघण्टाको तिव्र गतिको बललाई झेल्न आवश्यक छ ।’

उनले थपे, ‘म्याक्सवेलले समेत पछिल्ला म्याचमा गलत सट खेलेका छन् । उनी सामान्यतया यस्तो सट खेल्दैनन् । म यस समय उनको दिमागमा के चलिरहेको छ भनेर जान्न चाहन्छु । हामीलाई यस बिषयमा कुरा गर्न आवश्यक छ ।’