भारतलाई हराउने बंगलादेशको यस्तो रणनीति - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

भारतलाई हराउने बंगलादेशको यस्तो रणनीति



एजेन्सी । आईसीसी विश्वकप क्रिकेटमा आज (मंगलबार) दुई बलिया एसियाली प्रतिद्वन्दी भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुदैछ । दुवै टिम एजबेस्टनमा आमने सामने हुनेछन् ।

भारतले खेलिएका ७ खेलमा मात्र एकमा हार ब्यहोरेको छ भने बंगलादेशले ७ खेलबाट मात्र ७ अंक जोडेको छ ।

एक खेल बर्षाले रद्व हुदाँ अन्य खेलमा जित निकाल्न सफल भएको भारतले ७ खेलबाट ११ अंक बटुलेको छ ।

कस्तो छ अवस्था ?

विजय शंकर भारतीय टिमबाट दोस्रो खेलाडीको रुपमा बाहिरिएका छन् । उनको स्थान मयांक अग्रवालले लिने भएका छन् । तर अग्रवाल बंगलादेशविरुद्वको खेलमा मैदानमा देखिने छैनन् ।

यता बंगलादेशलाई भारतविरुद्वको खेल अगाडी एक सुखद खबर प्राप्त छ । उसका मध्य क्रमका ब्याट्सम्यान अहमुदअल्लाह अब फिट भएका छन् ।

भारतीय टिममा केदार जाधवले यस बिश्वकपमा खासै गतिलो प्रर्दशन गर्न सकेका छैनन । उनको फिल्डिङमा समेत प्रश्न गरिएको छ । ब्याटिङ पिच भएको अवस्थामा दिनेश कार्तिकलाई टिममा स्थान मिल्ने सक्नेछ ।

बंगलादेशी टिमका शकिब अल हसनले खासै अभ्यास सत्रमा देखिएका छैनन । तर उनी एकदमै फिट बनेको बताईएको छ ।

रणनीति 

बंगलादेश आजको खेलमा भारतलाई हराउने पुरा तयारी गरेको बताउँछ । यदि आजको खेलमा भारत हारेको खण्डमा सेमिफाइनलमा प्रवेध गर्ने विकल्प खुम्चिने छ ।

एकातिर अलराउण्डर विजय शंकर खेलबाट बाहिरिएका छन् भने भारत पहिले भन्दा बढी दवावमा पनि छ । यसैको मौकामा थप दवाव सृजना गर्ने रणनीतिमा बंगलादेश छ ।