एक युवाको इन्काउन्टर - Himal Post Himal Post
  • ११ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 27 2024
Logo

एक युवाको इन्काउन्टर



काठमाडौं/अत्याधुनिक एसएमजी बन्दुक बोकेर मोटरसाइकलमा सवार एक व्यक्ति प्रहरीसँगको भिडन्तमा मारिएका छन् । केही दिनदेखि राजदेवी नगरपालिका–४ गडहियास्थित बागमती नदीको बाँधमा हातहतियारसहित केही व्यक्ति ओहारदोहोर गरेको सूचनाका आधारमा गस्तीमा निस्केको प्रहरीसँग गोली हानाहान भएको थियो ।

बिहीवार राति करिब १० बजे भारतीय नम्बर प्लेटको मोटरसाइकल चेक गर्ने क्रममा प्रहरीतर्फ गोली हानिएपछि जवाफी फायर गर्दा ती युवक गोली लागेर घाइते भएका थिए । उनको उपचारका क्रममा गौर अस्पतालमा मृत्यु भएको प्रहरीको भनाइ छ ।

मोटरसाइलमा सवार नाम ठेगाना नखुलेका करिब २६ वर्षका युवा प्रहरीको कारबाहीमा मारिएका हुन् । प्रहरीले घटनास्थलबाट अत्याधुनिक हतियार एसएमजी एक थान र त्यसमा प्रयोग हुने गोली ४ तथा पड्किएको गोलीको खोका दुई थान बरामद गरेको जनाएको छ ।

तीनजनाको सख्यामा रहेकामध्ये अन्य दुईजना भने बन्दुक पड्काउँदै भारततर्फ भागेको प्रहरीले उपलव्ध गराएको प्रेस नोटमा उल्लेख गरेको छ । मृतकको खुट्टा र पेट नजिकै गोली लागेको गौर अस्पतालका चिकित्सकहरुले जनाएका छन् । मृतक युवक नेपाली या भारतीय हुन् भन्ने खुलेको छैन । अन्नपूर्ण पोस्टबाट ।