इमरान ताहिर : आजपनि चम्किने सुरमा - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

इमरान ताहिर : आजपनि चम्किने सुरमा



एजेन्सी । दक्षिण अफ्रिकाका इमरान ताहिरका लागि यो विश्वकप विशेष छ । किनकी यो विश्वकपपछि उनी एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेट करिअरबाट सन्यास लिने योजनामा छन् । उमेरले ४० वर्षका पुगेको भेट्रान खेलाडी ताहिर सेलिब्रेसन शैलीका कारण चर्चामा रहन्छन् । उमेर बढ्दो क्रममा रहेपनि ताहिर युवा खेलाडी जस्तै मैदानमा हात फिँजाएर कुद्छन् । हात फिँजाएर मैदानमा बेजोड तरिकाले कुद्ने उनको सेलिब्रेसन गर्ने तरिका हो ।

तिनै स्मार्ट खेलाडी ताहिरको टोली दक्षिण अफ्रिका एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा आज बंगलादेशको सामना गर्दैछ । पहिलो खेलमा आयोजक इङल्यान्डसँग हार ब्यहोरेपनि कीर्तिमान रचेका ताहिरको आजको प्रदर्शनबारे सर्वत्र चासो छ । ताहिरले उद्घाटन खेलमा नै पहिलो ओभरमा बलिङ गर्ने स्पिनरको कीर्तिमान बनाएका थिए । विश्वकपको इतिहासमा अहिलेसम्म कुनै पनि स्पिनरले पहिलो ओभरमा बलिङ गरेका थिएनन् । ताहिरले नै त्यो कीर्तिमान आफनो नाममा लेखाएका थिए ।

उद्घाटन खेलको कीर्तिमानपछि उत्साहित ताहिर आजको खेलमा पनि चम्किन सक्ने विश्लेकषहरुले अनुमान गरेका छन् । पहिलो स्पिनरको कीर्तिमानसँगै ताहिर पहिलो ओभरमा विकेट लिने दोस्रो खेलाडी पनि बनेका थिए । ताहिरले ९९ एकदिवसीय क्रिकेट खेलेका छन् ।