रोटीको मूल्य घटाउन इमरान खानको निर्देशन - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

रोटीको मूल्य घटाउन इमरान खानको निर्देशन



एजेन्सी – पाकिस्तानको मन्त्रिपरिषद्ले नान र रोटीको मूल्य घटाउने निर्णय लिएको छ । नान र रोटी पाकिस्तानमा दिनदिनै खाइने भोजन हो ।

‘प्रधानमन्त्री इमरान खानले नान र रोटीको मूल्य बढिरहेको विषयलाई गम्भीर रूपमा लिएका छन् र पहिलेकै मूल्यमा फर्काउनका लागि तत्कालै कदम चाल्ने निर्णय लिएका छन्,’ फिरदौस आशिक अवानले बताए । अवान प्रधानमन्त्रीका प्रेस सल्लाहकार हुन् ।

अहिले नान एउटाको २० देखि २४ रुपैयाँमा बेच्ने गरिएको छ ।

ग्यास र पीठोमा भन्सार मूल्य बढ्नुअघि नानको मूल्य १३ देखि १६ रुपैयाँ जति पर्थ्यो ।

मन्त्रिपरिषद् बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै अवानले ग्यासको भन्सार मूल्य अनि नान र रोटीको मूल्यदरका विषयमा छुट्टै बैठकको अध्यक्षता गरेको बताए ।

आँटाको मूल्य घटाउन तथा त्यसमा लगाइने भन्सार मूल्य कम गर्ने लक्ष्यका साथ खानले मन्त्रिपरिषद्को आर्थिक संयोजन समितिको बैठक पनि बोलाएका छन् ।