इमरान खानलाई नोवेल शान्ति पुरस्कार ?
एजेन्सी- पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई शान्ति स्थापनाका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै नोवेल शान्ति पुरस्कार दिनु पर्ने माग गरिएको छ ।
इमरान खानले पछिल्लो समय पाकिस्तानमा मात्र होइन अफगानिस्तानमा समेत शान्ति स्थापनाका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै नोवेल शान्ति पुरस्कार दिनु पर्ने माग गरिएको हो ।
पाकिस्तानको पन्जाब प्रान्तका गर्भनरले यो माग गरेका हुन् । उनले अफगानिस्तानको शान्ति सम्झौतामा मुख्य भूमिका निर्वाह गरेको भन्दै इमरानले शान्ति पुरस्कार पाउनु पर्ने माग गरेका हुन् ।
पाकिस्तानको पत्रिका नवा ए वक्तले नोवेल शान्ति पुरस्कारको माग गरिएको उल्लेख गर्दै लेखेको छ ।
पत्रिकाका अनुसार पन्जाबका गर्भनर सरवर चौधरीले भनेका छन्, ‘अफगानिस्तान शान्ति सम्झौतामा इमरान खानको नेतृत्वमा पाकिस्तानमा ऐतिहासिक तथा निर्णायक भूमिका रहेको छ ।
यो सम्झौता इमरान खानको सैद्धान्तिक अडानका कारण भएको हो र उनको जित हो । त्यसैले उनी नोबेल शान्ति पुरस्कारका हकदार हुन् ।’