इमरान खानले नेपालको पक्षमा बोल्दै भने: मोदी छिमेकीका लागि सबैभन्दा खतरा - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

इमरान खानले नेपालको पक्षमा बोल्दै भने: मोदी छिमेकीका लागि सबैभन्दा खतरा



काठमाडौं- नेपाल-भारत सीमा विवाद भैरहेका बेला पाकिस्तानका प्रधानमन्त्री इमरान खान नेपालको पक्षमा बोलेका छन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विस्तारवादी नीतिका कारण नेपाल–भारतबीच सीमा विवाद भएको आरोप समेत लगाएका छन्।

पाकिस्तानका प्रधानमन्त्री खानले ट्वीटमा मोदी सरकारलाई हिन्दुत्व अतिवादी सरकार र नाजिवादीको संज्ञा दिएका छन्। मोदी सरकार छिमेकी राष्ट्रको लागि खतरा भएको उनले बताएका छन्।

खानले मोदीको विस्तारवादी नीतिकै कारण भारतमा नागरिकता कानुनको विवाद भएको बताउँदै यस कानुनबाट भारतले बंगलादेशलाई निशाना साँधेको बताएका छन्।

भारतले नयाँ नागरिकता कानुन पारित गराउँदै बंगलादेशका गैरमुस्लिम नागरिकले भारतमा नागरिकता पाउने बताएको थियो।

विस्तारवादी नीतिबाट प्रेरित भारतले नेपाल र चीनसँग सीमा विवाद गरिरहेको पनि खानको आरोप छ। यस्तै खानले पाकिस्तानलाई चुनौती दिन भारतले बारम्बार झण्डा विवाद निकालेको पनि बताएका छन्।