इमरान खानले यसरी दिए नरेन्द्र मोदीलाई बधाई - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

इमरान खानले यसरी दिए नरेन्द्र मोदीलाई बधाई



एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री खानले समकक्षी मोदीलाई बधाई दिँदै दक्षिण एसियाको शन्ति, प्रगति र समृद्धिका लागि मिलेर काम गर्न चाहेको बताएका छन् ।

गएको फेब्रुअरीमा पुलवामामा भएको आतंककारी आक्रमणपछि भारत–पाकिस्तान सम्बन्ध चिसिएको थियो । भारतले बालाकोटमा सर्जिकल स्ट्राइक नै गरेको थियो । चुनावी प्रचारप्रसारमा मोदीले त्यसैलाई आफ्नो चुनावी मुद्दासमेत बनाएका थिए ।

विभिन्न चरणमा भएका लोकसभा चुनावको मतपरिणाम सार्वजनिक हुने क्रममा छ । पछिल्लो मतपरिणामअनुसार भारतीय जनता पार्टी(बीजेपी) एक्लै सरकार बनाउने हैसियतमा आएको छ । उसले झण्डै ३०० सिटमा अग्रता बनाएको छ ।

उसको नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन(एनडीए) मा आवद्ध पार्टी भने झण्डै ३४० सिटमा अगाडि रहेका छ । ५४३ सिट रहेको भारतीय लोकसभामा सरकार बनाउन कम्तीमा २७२ सिट आवश्यक पर्दछ ।