इमरान खानले गरे मोदीमाथि काउन्टर
भारत र पाकिस्तनबीच चलिरहेको तनावपूर्ण स्थितीमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो देशको माटोलाई अन्य देशमा चरमपन्थ फैलाउनका लागि प्रयोग हुन नदिने बताएका छन् ।
सिन्धमा आयोजित एक –यालीमा उनले प्रधानमन्त्री मोदीमाथि हमला गर्दै भने, ‘घृणाको राजनीति मानिसहरुको भोटको लागि बाँड्न निकै सजिलो छ ।’
‘नरेन्द्र मोदी यस्तै राजनीति गर्छन्– घृणा फैलाउने । यदि कोही नेताले यस्तो गर्छ भने उनको कार्यकर्ताले पनि यस्तै गर्नुपर्छ । पुलवामा हमलापछि भारतमा कश्मिरीहरुमाथि कस्तो व्यवहार गरियो, त्यो हामीले देखेका छौं ।’