इमरान खानको पार्टीलाई ११० सिट, एक्लै सरकार बनाउने - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

इमरान खानको पार्टीलाई ११० सिट, एक्लै सरकार बनाउने



पाकिस्तानको संसदीय चुनावको नतिजा अन्तिम चरणमा पुगेको छ । पूर्व क्रिकेटर इमरान खानको पार्टी पाकिस्तान तहरिक–ए–इन्साफ(पीटीआई) सबैभन्दा ठूलो दलका रुपमा उदाएको छ । तर सबैभन्दा ठूलो दल भएर पनि उ एक्लैले भने सरकार बनाउन नसक्ने स्थिति सिर्जना भएको छ ।

पाकिस्तान चुनाव आयोगद्वारा सार्वजनिक मतपरिणाम अनुसार पीटीआईले २५१ सिटमध्ये ११० सिटमा जित हात पारेको छ । पाकिस्तानको संसद(नेसनल एसेम्बली) मा २७२ सिट रहेको छ ।

इमरान खानका प्रतिद्वन्द्वी पानामा प्रकरणमा जेल सजाय भोगिरहेका नवाज शरीफको पाकिस्तान मुस्लिम लिग – नवाज(पीएमएल–एन)ले ६३ सिटमा जित हात पार्दै दोस्रो स्थानमा रहेको छ । त्यस्तै बिलावल भुट्टोको पाकिस्तानी पिपल्स पार्टी(पीपीपी) ले ३९ सिटमा जित हात पार्दै तेस्रो भएको छ । पाकिस्तानी सञ्चारमाध्यमले जनाए अनुसार अहिले पनि २० सिटमा मतगणना जारी छ ।

पाकिस्तानमा सरकार बनाउन १३७ सिट आवश्यक हुन्छ । पाकिस्तानी संसदमा २७२ जना सांसद निर्वाचित भएर आउँछन् भने ६० सिट महिलाका लागि र १० सिट धार्मिक अल्पसंख्यकका लागि आरक्षितर रहेको छ ।

बिहीबार नै आफ्नो पार्टीले जितेको घोषणा गर्दै पूर्व क्रिकेटर इमरान खानले पाकिस्तानलाई आर्थिक तथा सामाजिक रुपमा शक्तिशाली बनाउने बताएका थिए ।