इमरान खानले भने : अब हाम्रो एउटा मात्र समस्या भारत हो - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

इमरान खानले भने : अब हाम्रो एउटा मात्र समस्या भारत हो



काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतसँगको पाकिस्तानको सम्बन्ध शान्ति तथा स्थिरताको लागि एकमात्र समस्या रहेको बताएका छन् । उनले लोकसभा चुनावपछि भारतसँगको सम्बन्ध सामान्य हुने आशा पनि व्यक्त गरेका छन् ।

चीनमा रहेका खानले शान्ति र स्थिरता विना पाकिस्तानले आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताए । साथै उनले पाकिस्तान सरकार अहिले त्यसका लागि काम गरिरहेको पनि बताए । उनी दोस्रो बेल्ट एण्ड रोड इनिशिएटिभ (बीआरआई) सम्मेलनमा भाग लिन चीन पुगेका हुन् ।

उनले अफगानिस्तानमा पनि राजनीतिक समाधान हुने र युद्धग्रस्त मुलुकमा स्थिरता आउने विश्वास व्यक्त गरेका छन् । उनले अफगानिस्तानमा हुने गरेको घटनाको दोष पाकिस्तानलाई लाग्ने गरेको कारण यो क्षेत्रलाई आफूहरु शान्तिक्षेत्र बनाउने प्रयासमा रहेको खानले बताए ।

उनले इरानसँगको सम्बन्ध पनि अबको केही समयमा ठीक हुने भन्दै उनले भारतसँगको सम्बन्ध एकमात्र समस्या रहेको बताए । बीआरआई सम्मेलनमा इमरान खानले भारत–पाकिस्तान सम्बन्धको विषयमा कुरा उठाएका हुन् । १४ फेब्रुअरीमा काश्मिरस्थित पुलवामा आक्रमणपछि पाकिस्तान र भारतको सम्बन्ध बिग्रिएको छ ।