इमरान खानले भने : भारतमा मोदीले जित्दा पाकिस्तानलाई फाइदा - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

इमरान खानले भने : भारतमा मोदीले जित्दा पाकिस्तानलाई फाइदा



पाकिस्तानका प्रधानमन्त्री इमरान खानले यदि भारतको आम चुनावमा भारतीय जनता पार्टीको जित भए र नरेन्द्र मोदी पुनः प्रधानमन्त्री भए शान्ति वार्ताको सम्भावना अत्यधिक हुने बताएका छन् ।

मंगलबार विदेशी पत्रकारसँग इमरान खानले भारतमा विपक्षी पार्टी कांग्रेसको नयाँ सरकार बनेको खण्डमा उनीहरु पाकिस्तानसँग कुराकानीका लागि डराउन सक्ने बताएका छन् ।

खान भन्छन्, ‘कांग्रेसलाई यो डर भारतको दक्षिणपन्थी पार्टीबाट हुनेछ । बिजेपी दक्षिणपन्थी पार्टी हो र यदि उसले जित्छ भने कश्मिरको विषयमा कुराकानी अघि बढ्न सक्छ । यद्यपि, मोदीको भारतमा मुसलमान पूर्ण रुपमा आफूलाई अलग्गिएको महसुस गर्छन् ।’

उनले थपे, ‘अहिले भारतमा जे भइरहेको छ त्यसबारे मैले कहिले पनि सोचेको थिइनँ । भारतमा मुसलमानको पहिचानमाथि हमला भइरहेको छ । मोदी इजराइलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूजस्तै छन् । दुबै डर र राष्ट्रवादी भावनाको आधारमा चुनाव जित्न चाहन्छन् ।’

इमरान खानले भने, ‘बिजेपीले जम्मू–कश्मिरसँग विशेष दर्जा खोस्ने कुरा बताइरहेका छन् र यो निकै चिन्ताजनक छ । यद्यपि, यो चुनावी फण्डामात्रै पनि हुनसक्छ ।’