पाकिस्तानी प्रधानमन्त्री इमरान एउटा परिपक्क राजनीतिज्ञ - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

पाकिस्तानी प्रधानमन्त्री इमरान एउटा परिपक्क राजनीतिज्ञ



काठमाडौं — पाकिस्तानको नियन्त्रणमा रहेका भारतीय वायुसेनाका विंग कमान्डर अभिनन्दन वर्धमानलाई पाकिस्तानले शुक्रवार वाघा बोर्डरबाट रिहा गर्ने भएको छ ।

पुलवामामा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानका वायुसेनाले सीमा पार गर्दै एकअर्काको इलाकामा घुसेर आफ्नो शक्ति प्रदर्शन गरेका थिए ।

यसैबीच पाकिस्तानले भारतको एक मिग विमानलाई पाकिस्तान प्रशासित कश्मीरमा खसायो र भारतका एक विमानचालक अभिनन्दनलाई नियन्त्रणमा लियो । पछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अभिनन्दनलाई रिहा गर्ने आदेश दिए र शुक्रवार उनलाई भारतसमक्ष बुझाइने बताए ।

पाकिस्तानका प्रधानमन्त्रीले पुलवामा आक्रमणपछि विकसित घटनाक्रममा लगातार बयान दिँदै आएका छन् । उनले युद्ध गर्नु नहुने कुरा दोहोर्‍याइरहेका छन् ।

पहिलोपटक उनले भारतर्‍पाकिस्तानबीच भएको पहिलो युद्ध र त्यसले गरेको विनाशको उदाहरण दिए भने बिहीवार संसदमा उनले क्युबा क्षेप्यास्त्र संकटको उल्लेख गरे ।

अमेरिका र रुसबीचको शीतयुद्धताका आएको क्युबा क्षेप्यास्त्र संकटले संसारलाई नै तर्साएको थियो । अमेरिका र रुसबीच शीतयुद्ध चलिरहँदा भारत र चीनबीच युद्ध भइरहेको छ । इमरानले लगातार बयान दिँदै युद्धले कुनै पनि समस्याको समाधान नगर्ने बताए ।

अभिनन्दनलाई छोड्ने इमरान खानको राम्रो कदम हो । अभिनन्दनले कुनै अपराध गरेका छैनन्, उनी युद्धबन्दी मात्र हुन् । उनी आफ्नो देशका लागि काम गरिरहेका थिए । त्यसैले उनलाई छोड्ने इमरान खानको राम्रो राजनीतिक निर्णय हो ।

अब यसले पाकिस्तान र हिन्दुस्तानबीचको सम्बन्ध सुधार्नेछ । यस फैसलाले इमरान खानको कद बढ्ने निश्चित छ ।

इमरान मिडियाको सामना गर्न हिचकिचाउँदैनन् । पाकिस्तानको राजनीतिमा आएदेखि नै उनी क्यामरा अगाडि आउन रुचाउँछन् । राजनीतिमा आउनुअघि नै उनी अन्तर्राष्ट्रिय सेलेब्रिटी र क्रिकेटर थिए ।

क्रिकेटरका रूपमा उनले इज्जत कमाएका थिए र त्यसको फाइदा उनी उठाउने गर्छन् । उनको संवाद कला पनि राम्रो छ । उनीसँग कुरा गर्ने मानिसले पनि फाइदै उठाउँछ ।

जननेता हुनुको फाइदा उनले उठाउने गरेका छन् । यस्ता नेता सत्तामा पनि छाउँछन् ।

पाकिस्तान र भारतबीचको युद्धको स्थितिले पाकिस्तानलाई निके असर परेको छ । इमरान खानको सरकारले पनि शान्ति नै चाहेको हो । उनी कुराकानीमार्फत विषय सुल्झाउनुपर्ने मान्यता राख्छन् । उनले गलत बयान दिइरहेका हैनन्, साँचो मनले यो कुरा राखेका हुन् ।

पुलवामा घटनापछि उनले आतंकवादका विषयमा कुराकानी हुनुपर्ने भारतको शर्त मानेका थिए ।

पाकिस्तान धेरै अघिदेखि नै पश्चिमी सीमामा उग्रवादविरुद्ध लडिरहेको छ । पाकिस्तानको सेना पनि युद्ध चाहँदैन र कुराकानीबाट यसको समाधान चाहन्छ ।

इमरान खानले पाकिस्तानलाई डोहोर्‍याउन चाहेको दिशा सही छ । अफगानिस्तानसँगको लडाईं अन्त्य गर्नका लागि उनले कामकारवाही तीव्र रूपमा अघि बढाएका छन् । अफगानिस्तानको अवस्था सामान्य होस् र युद्ध अन्त्य होस् भन्ने उनको चाहना हो । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प पनि यो लडाईं अब अन्त्य हुनुपर्ने बताइरहेका छन् ।

इमरान खान पाकिस्तानको प्रधानमन्त्री भएको जम्मा पाँच महिना भयो । अहिलेको पाकिस्तानको आर्थिक स्थितिमा उनले नियन्त्रण गर्न सके र आगामी दुई वर्षमा देशको आर्थिक वृद्धि राम्रो हुन सके उनले केही काम गरेको भन्न सकिनेछ । अहिले चाहिँ उनको कदम सकारात्मक रहेको मात्र भन्न सकिएको छ ।

पाकिस्तानका राजनीतिक विश्लेषक साद मोहम्म्दले बीबीसी हिन्दीसँग गरेको कुराकानी