इमरान खानले दिए आणविक युद्धको चेतावनी - Himal Post Himal Post
  • २९ माघ २०८२, बुधबार
  •      Wed Feb 11 2026
Logo

इमरान खानले दिए आणविक युद्धको चेतावनी



पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँगको द्वन्द्व युद्धतर्फ अगाडि बढ्यो भने आणविक युद्धको अवस्था आउनसक्ने र कसैको पनि जित नहुने जिकिर गरेका छन्।

सोमबार ट्विटमा प्रधानमन्त्री खानले पाकिस्तान र भारत दुवै देशसँग आणविक हतियार रहेको स्मरण गराएका हुन्।  आणविक युद्धको परिणाम विश्वका लागि भयानक हुने चेतावनी पनि खानले दिएका छन्।

उनले आफ्नो ट्विटमा विश्व समुदायलाई पनि आफ्नो पक्षमा समर्थन गर्न आग्रह गरेका छन्। ‘पाक जुनसुकै तहमा पनि जानसक्छ,’ उनले ट्विटमा लेखेका छन्।