इलाम एमालेमा पनि विद्रोह: पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारी - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

इलाम एमालेमा पनि विद्रोह: पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारी



पार्टीले टिकट नदिएपछि नेकपा एमाले इलामका सचिव उमेश गुरुङले सन्दकपुर गाउँपालिकाको अध्यक्षमा बागी उम्मेदवारी दिने घोषणा गरेका छन् ।

उनले पार्टीले सही मूल्याङ्कन नगरेको आरोप लगाएका छन् । ‘अघिल्लो पटक अर्को चुनावमा मलाई टिकट दिने लिखित सम्झौता नै भएको थियो’ सचिव गुरुङले भने, ‘अब एमालेमा रहनुको कुनै तुक छैन ।’

उनले एमालेबाट साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको बताए । गुरुङ एमालेमा २०४४ सालदेखि सक्रिय राजनीति गरिरहेका नेता हुन् । गुरुङको अर्को परिचय उनी पत्रकार महासंघ इलामका पूर्वअध्यक्ष समेत हुन् ।