इलाम एमालेमा बिद्रोह: नेता कायकर्ताले दिए सामूहिक राजीनामा - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

इलाम एमालेमा बिद्रोह: नेता कायकर्ताले दिए सामूहिक राजीनामा



मेयर छनौटमा षडयन्त्र भएको भन्दै एमाले इलाम नगर कमिटीका करिब एक दर्जन कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् ।

उनीहरुले शनिबार जिल्ला नेतृत्वसमक्ष सामूहिक रुपमा राजीनामा बुझाएका हुन् ।

राजीनामा दिनेमा इलाम नगर कमिटीका अध्यक्ष तिलक ठकुरी, उपाध्यक्ष दिपेन्द्र चापागाईंसहित ११ जना रहेका छन् ।

इलाम नगरपालिकाको मेयरमा धिरेन चेम्जोङ हुनुपर्नेमा सिफारिस भएको नाम भन्दा फरक नाम चयन भएको भन्दै उनीहरुले पार्टी नेतृत्वप्रति चर्को आक्रोश पोखेका छन् ।

त्यसको विरोधमा इलाम नगरपालिकाका अधिकांश वडाका कार्यकर्ताहरूले एमाले इलाम जिल्ला कमिटीको कार्यालय तालाबन्दी समेत गरेका छन् ।