अफगानिस्तानका १८ वर्षे इक्रमले गरे तेन्दुलकरको किर्तिमान ब्रेक - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

अफगानिस्तानका १८ वर्षे इक्रमले गरे तेन्दुलकरको किर्तिमान ब्रेक



काठमाडौं – इंग्ल्यान्डमा जारी आईसीसी विश्वकप क्रिकेट अन्तर्गत बिहीबार वेष्ट इण्डिज र अफगानिस्तानले विश्वकपको अन्तिम खेलेर घर फर्किए । विश्वकपकाे यो खेलमा वेष्ट इण्डिजले अफगानिस्तानलाई २३ रनले पराजित गरेकाे थियाे ।

पहिलो पटक विश्वकप खेलेका अफगानिस्तानको युवा खेलाडी इकरम अली खिलले वेष्ट इण्डिजविरुद्ध अर्धशतक बनाए । योसँगै उनले कीर्तिमान कायम गरेका छन् ।

१८ वर्षीय इक्रमविश्वकपमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने चौथो क्रिकेटर बनेका छन् । इकरमले ९३ बलमा ८६ रनको पारी खेलेका थिए । उनले भारतीय क्रिकेटर सचिन तेन्दुलकरलाई पछि पारेका छन् ।

विश्वकपमा सबैभन्दा कम उमेरमा अर्धशतक लगाउने कीर्तिमान बंगलादेशका तमीम इकबालको नाममा छ । उनले सन् २००७ मा १७ वर्ष ३६२ दिनको उमेरमा यो कीर्तिमान बनाएका थिए ।

तमिमपछि दोस्रो सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने बंगलादेशकै मुशफिकुर रहिम छन् । उनले सन् २००७ मा नै १८ वर्ष १९७ दिनको उमेरमा कीर्तिमान बनाएका थिए । तेस्रो स्थानमा पनि बंगलादेशकै खेलाडी अटाएका छन् । मोहम्मद अशरफुलले सन् २००३ मा १८ वर्ष २३४ दिनको उमेरमा अर्धशतक बनाएका थिए ।

चौथौ नम्बरमा अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान इकरम अली खिल छन् । उनले १८ वर्ष २७८ दिनको उमेरमा यो कीर्तिमान बनाए । भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकर पाँचौ स्थानमा छन् । उनले सन् १९९२ मा १८ वर्ष ३१८ दिनको उमेरमा अर्धशतक बनाएका थिए ।